AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पाइलट बनेका ग्रिनल्याण्डका पूर्व विद्यार्थी उराउँलाई कलेजको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०८०, आईतवार १८:००
2.37k
Shares
विराटनगर / विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले पाइलट विद्यार्थीलाई सम्मान गरेको छ ।

प्लस टुमा ग्रिनल्याण्ड कलेज अध्ययन गरेर अहिले पाइलट भएका प्रमोद उराउँलाई कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

उराउँले कक्षा ११ र १२ विज्ञान संकाय लिएर ग्रिनल्याण्डमा अध्ययन गरेका थिए । उराउँ सामुदायबाट पहिलो पटक पाइलट बनेका हुन् । अल्पसंख्यक सामुदायमा पर्ने झाँगड (उराउँ) सामुदायबाट पाइलट बन्ने उनी पहिलो व्यक्ति हुन् ।

२०७६ सालमा ग्रिनल्याण्ड पढेका उराउँ अहिले बुद्ध एयरलाइन्सको जहाज उडाउँदै आएका छन् ।

ग्रिनल्याण्ड अध्ययन गर्ने विद्यार्थी पाइलट, एमबीबीएस, बीडिएस, बिएससी नर्सिङ्ग, इन्जिनियरिङ्ग तथा बीबीए छात्रवृतीमा पढी रहेको कलेजका प्राचार्य दिपक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर