खबर पूर्वाञ्चल
एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह बनाएर मोटिभेसन दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विद्यार्थीलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल खड्काले बताए ।
चर्चित मोटिभेटर डाक्टर नविनकुमार शर्मालाई ल्याएर कलेजले विद्यार्थीहरुलाई मोटिभेसन कार्यक्रम आयोजना गरेका थिए । कलेजले विद्यार्थीहरुको लागि समय सापेक्ष तालिम, सेमिनरलगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । गुणस्तरीय शिक्षा मात्र प्रदान नगरेर कलेजले विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलापहरूमा समेत विशेष जोड दिने गरेको छ ।