AArya
RUMPUM
animated ellipse animated ellipse

पाटेघरबाट दुई केजीको ट्युमर निकालेको चन्द्रकुमारीले भनिन्, ‘पेटबाट काँडा निकालेजस्तो भयो’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०८०, मंगलवार २०:०५
288
Shares
विराटनगर / खोटाङ्गको रावाबेसि गाउँपालिका ६ हंसुको ३८ वर्षीया चन्द्रकुमारी श्रेष्ठले एक महिनादेखि पिसावको पायप लगाएर हिडडुल गर्दै आएकी थिइन् । असाय पिढा हुने भएकोले उनले शौच गर्नको लागि पिसाब पायप लगाएकी हुन्् । उनी तेही पाएप लगाएर विराटनगर २ सोमबारेहाटमा रहेको मोरङ सहकारी हस्पिटलमा १४ जेठमा आइन् ।

हस्पिटल आउँदा चन्द्रकुमारीको ६ महिनाको बच्चा भएको जस्तो देखिने पेट थियो । जव मोरङ सहकारी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले चन्द्रकुमारीको स्वास्थ्य परीक्षण गरे उनको पाटेघरमा मासु पलाएको ट्युमर (अ‍ैजारू) भएको पत्ता लागो ।

आर्थिक अवस्था नाजुक भएको श्रेष्ठ परिवार स्वास्थ्य बीमा कार्यक्रम रहेको र भरपर्दो चिकित्सक रहेको आफन्तले जानकारी गराएपछि मोरङ सहकारी आएकी थिइन् । डाक्टर साहले श्रेष्ठको पाटेघरबाट दुई किलोको ट्युमर निकालेर सोमबार सफल शल्यक्रिया गरेका छन् ।

पाटेघरमा भएको ट्युमर निकालेर सफल शल्यक्रिया गरिएको डाक्टर साहले बताए । सफल उपचारपछि अहिले विरामीले मज्जाले हिडडुल गर्न सक्ने भएकी छिन् । ‘पाटेघरमा मासु पलाएकोलाई अ‍ैजुरु भन्निछ । ट्युमर हुँदा धेरै रगत जाने र महिनावरीमा गडबढी हुने गर्दछ । सर्वाकल रिजनमा ठुलो ट्युमर भएकाले पिसाव नलीलाई थिचेको थियो,’ उपचारमा संलग्न डाक्टर साहले भने, ‘त्यसैले पिसाव रोकिएको थियो । शल्यक्रिया गरेर ट्युमर झिकेपछि अहिले विरामीको स्वास्थ्य अवस्था सुधार भएको छ ।’

केही दिनपछि डिस्चार्ज गरिने उनले बताए । ‘अ‍ैजारु यही कारणले पलाउँछ भन्न सक्ने अवस्था छैन,’ डाक्टर साहले भने, ‘अहिले हामीले शल्यक्रिया गरी निकालेको ट्युरले क्यान्सर हुने सम्भवना कम थियो । यो विस्तारै बढछ । कसैको चाँडै बढने गर्दछ । जसले गर्दा डाड दुख्ने र महिनावरी गडबढ हुने गर्दछ ।’ कसैमा चाँडै ट्युमर बढने गरेको उनले सुनाए । ‘चाढै बढ्ने ट्युमरमा क्यान्सर हुनसक्ने सम्भावना धेरै हुन्छ,’ डाक्टर साहले भने ।

पाटेघरबाट ट्युमर निकालेपछि विरामी चन्द्रकुमारीले जिउँ चङ्गा भएको बताइन् । ‘अहिले शरिरबाट काडा झिकेर फालेजस्तो शरिर भएको छ,’ दुखाइको पिडा भुलेर हर्षिद मुद्रामा रहेकी चन्द्रकुमारीले भनिन्, ‘शरीरनै अहिले हल्का र फिर्तिलो भएको छ । त्यो पीढा सम्झिदा यस्तो समस्या त कसैलाई पनि नहोस् ।’ महिनौदेखि आफुले भोगेको पीडा सुनाउँदै उनले भनिन्, ‘पहाडको कति धेरै हस्पिटल गए । तर, पनि पिसाब आउँदैन थियो । दुखाइ खपिनसक्नु हुने गरेको थियो । अहिले उपचारपछि पुनः जीवन पाएको महसुष गरेको छु ।’ उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ रहेको उनले सुनाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर