AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता हुने उद्घाटन खेल आर्मी र नरपथगञ्ज भिड्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७९, शुक्रबार १८:०१
630
Shares
विराटनगर / प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको विराटनगरमा हुने भएको छ ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगिता हुने भएको हो । यस अघि यो प्रतियोगित चैत २५ गतेदेखि सञ्चालन हुने आयोजकले बताएको थियो ।

आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरी उद्घाटन खेल विभागीय टिम नेपाल आर्मीको त्रिभुवन क्लव र भारत विहारको राहुल–११ नरपथगञ्ज क्रिकेट क्लबबीच हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरीको पुलिस टिम र शसस्त्रको एपीएफसहित एनबीएससी विराटनगर, सुदुरपश्चिम क्रिकेट क्लबको सहभागि रहनेछ । यस्तै भारतको राहुन–११ नरपथगञ्ज र दिल्ली युनाईटेडको सहभागि हुने पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने आयोजकले बताएको छ । त्यसैगरी म्यान अफ द सिरिजले ६० हजार मूल्य बराबरको क्रिकेट किट्स पाउँनेछ ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष समेत रहेका नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा नेपाली क्रिकेटका अग्रज श्रेष्ठको परिवार नै क्रिकेटमा समर्पित रहँदै आएको छ ।

नरेश नेपाल क्रिकेट संघ (क्यान) को तीन दशकसम्म केन्द्रीय सदस्य रहेका थिए । साथै उपाध्यक्ष रहँदै हाल उनी वरिष्ठ सल्लाहकार हुन् । त्यसैगरी उनका दुई छोरा यूनिल श्रेष्ठ र मन्जित श्रेष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा पूर्व खेलाडी हुन् । यूनिल अहिले राष्ट्रिय टिम छनोटकर्तामध्येका एक सदस्य हुन् भने मन्जित नेपाल प्रहरी टिमबाट व्यवसायिक क्रिकेट खेल्दै छन् ।

श्रेष्ठ परिवारकी एक मात्र छोरी ऋचाको ब्लड क्यान्सरका कारण दुई वर्षअघि अष्ट्रेलियामा मृत्यु भएको थियो । उनकै नाममा परिवारले करिब २० लाखको लागतमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान) र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । यो प्रतियोगितालाई हरके वर्ष निरन्तरता दिइने श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर