AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रोहिणी रसिकको ‘छन्द आराधना’को विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७९, शनिबार १८:४८
108
Shares
विराटनगर / कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ ।

खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, डा. भागवत आचार्य, अग्रज साहित्यकार दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, विराटनगर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गरे ।

आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गरे । त्यस्तै साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईं बर्बरिक, आयोजक संस्थाका कोषाध्यक्ष फण्डिन्द्र पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकालले विमोचन भएको संग्रहभित्रका कविता वाचन गरेका थिए । ‘छन्द आराधना’ कवितासंग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ वटा कविता समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर