AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिता शनिबारदेखि, आधा दर्जन विद्यालयको सहभागि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७९, शुक्रबार १८:१६
333
Shares
विराटनगर / प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरी लिगको आधारमा १५ ओभरको अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिता हुन लागेको जानकारी गराएको छ । फागुन २० देखि २२ गतेसम्म विराटनगर ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा हुन लागेको फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुले भाग लिनेछन् । जसमा विराटनगरमा रहेको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यनारयण र जहदामा रहेको लक्ष्मी माविले प्रतियोगितामा भाग लिने उनले बताए ।

प्रथम विराटनगर हव अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताको प्रवद्र्धन विराटनगर महानगरपालिकाले गर्नेछ ।

प्रतियोगितामा सहभागि हुने टिमलाई कुनै पनि शुल्क लाग्ने छैन । प्रतियोगितामा बेस्ट ब्याटर, बेस्ट बलर, प्लेयर अफ द स्कोर, बेस्ट विकेट किपर, उदयमान खेलाडिलाई फाउण्डेसनले एक वर्षको छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अपेक्षा राखेको छ ।

महिला क्रिकेट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘केटाहरुले मात्र क्रिकेट प्रतियोगिता खेल्नुर्छ भन्ने हाम्रो समाजमा मान्यता रहेको छ । यसलाइ तोड्दै महिला क्रिकेट खेलाडी उत्पादन गर्दै खेलकुद क्षेत्रको विकास गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘त्यसैले महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।’ महिला क्रिकेट खेलाडी उत्पादन गर्न विद्यालयस्तरदेखि फाउन्डेसन लागि परेको उनले बताए ।

करिब ६ महिना अगाडीदेखि विराटनगर र जहदाका २० वटा सामुदायिक विद्यालयहरुमा दक्ष प्रशिक्षक पठाएर महिला खेलाडी उत्पादनमा लागि परेको उनले बताए । ‘क्रिकेट खेलमा महिला खेलाडी उत्पादनको लागि हामीले लामो समयदेखि लागि परेका थियौं,’ उनले भने, ‘सामुदायिक विद्यालयहरुमा कोच पढायौं र त्यहाँ इच्छुक खेलाडीहरुलाई प्रशिक्षण गराएपछि अहिले क्रिकेट खेलाडी उत्पादन गरेका छौं । खेलाडी उत्पादन गरेपछि अहिले महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर