AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिसन ग्रासरुटः समाजलाई योगदान गर्नेको पहिचान देखि पार्टी प्रवेशको लहर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७९, बुधबार १६:५४
144
Shares
विराटनगर/ नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानले प्रदेश १ मा तिब्रता लिँदै गएको छ ।

पार्टीका केन्द्रीय नेताहरु सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु यतिबेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा रहेका छन् । कतिपय स्थानीय तहमा दोस्रो चरणको बैठक बसेर समाजमा उल्लेख्य योगदान पु¥याउनेहरुको पहिचान गर्ने, सामाजिक आवश्यकताहरुको पहिचान गर्ने र छलफलका क्रममा आउने समस्याहरुको समाधान खोज्ने क्रममा यतिबेला एमालेका कमिटीहरु सक्रिय छन् । मिसन ग्रासरुट अभियानमा विराटनगर महानगरपालिकामा खटिएका एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले अभियान महानगरमा तिब्रतर रुपमा अघि बढिरहेको बताए। आज मात्रै विराटनगरका १,४,६ र ८ मा बिस्तारित बैठकहरु भएको उनले जानकारि दिए।

विराटनगरका वार्ड कमिटीहरुले समाजमा उल्लेख्य योगदान गर्ने, उद्योगी व्यवसायी, शिक्षण सस्था, धार्मीक सस्थाहरु, विभिन्न क्लव लगायतका समाजमा कृयाशिल संघसंस्था र तिनमा उल्लेख्य योगदान गर्नेहरुको पहिचान गर्ने कार्य आरम्भ गरेको एमाले विराटनगर महानगरका उपसचिव जयप्रकाश महतोले जानकारी दिए। यस्तै मोरङकै उत्तरी क्षेत्रमा खटिएका एमालेका पोलिटब्यूरो सदस्य देबेन्द्र दाहालले बेलबारी र केराबारीलगायतका पालिकामा अभियान अन्तर्गत विस्तारित बैठक सम्पन्न गरि प्रशिक्षण कार्यक्रमको तालिका बनाउने काम सम्पन्न गरेको बताए। यस्तै सदस्यता नविकरण शिविर भोलीदेखि सञ्चालन गर्नेदेखि २७ गते बेलबारी र २८ गते पालिकास्तरीय प्रशिक्षणको कार्यक्रम तय भएको छ ।

मोरङकै जहदा र धनपाल थान र कटहरी गाउँपालिकामा पनि पालिकास्तरीय विस्तारित बैठकहरु आरम्भ भएको नेकपा एमालेका केन्द्रीय सदस्य जगदिश कुसियैतले जानकारी दिए। उनका अनुसार आज जहदा गाउँपालिकाको बिस्तारित बैठक बसेको छ भने धनपालथानमा १८ र कटहरीमा २० गते पालिकास्तरीय बैठक बस्ने तय भएको छ ।

यस्तै प्रदेश १ कै ओखलढुङ्गामा पनि पालिकास्तरीय बैठकहरु सम्पन्न भइ वडा कमिटीहरुको बिस्तारित बैठक आरम्भ गर्न लागिएको छ । अभियन्ता एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख घनश्याम खतिवडाका अनुसार फागुन ११ मा जिल्ला कमिटीको विस्तारित बैठक बसेर आरम्भ भएको अभियान अब वडा तहमा पुगेको छ । यस्तै अभियानकै क्रममा फागुन २१ गते सिद्धिचरण नगरपालिकामा शहिद दिवस विशेष कार्यक्रममा बिच मनाउने तयारी भइरहेको खतिवडाले जानकारि दिए ।

उता सोलुखुम्बु जिल्लामा पनि पालिकास्तरका विस्तारित बैठकहरु सम्पन्न गरि वडा तहका बैठकहरु र वडा तहसम्मका जनसंगठनका कमिटीहरु निर्माण सम्पन्न भएको अभियान्ता केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले जानकारि दिए ।

प्रदेश १ कै पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गमा पनि मिसन ग्रासरुट अभियान तिब्र रुपमा अघि बढेको छ । आज ताप्लेजुङ्गको श्रीजङ्घा गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ भने फुङलिङ नगरपालिकाको छलफल जारि रहेको एमाले ताप्लेजुङ जिल्ला कार्यलय सचिव लिलाचक्र गुरुङले बताए ।

यस्तैगरि खोटाङमा पनि अभियानलाई तिब्र रुपमा अघि बढाइएको छ । पालिका कमिटीहरुको बैठक सम्पन्न गर्दै वडास्तरीय बैठकहरुको आयोजना गर्न थालिएको छ । अहिलेसम्म ७ वटा पालिकामा बिस्तारित बैठकहरु सम्पन्न भइ चार वटा पालिकामा वडास्तरिय बैठकहरु सुरु भएका छन् । यस्तै सदस्यता नविकरणका लागि शिविर पनि सञ्चालन गरिएको छ । एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालका अनुसार जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ र दिप्रुङमा शिविर सञ्चालन भइरहेको हो ।

सुनसरीमा पनि मिसन ग्रासरुट अभियान आरम्भ भएको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारि दिए। उनका अनुसार जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरि पालिकास्तरको अभियान अघि बढेको छ । उता संखुवासभा जिल्लामा भने आज जिल्ला कमिटीको विस्तारित बैठक बसेर विभिन्न योजनाहरु तर्जुमा गरिएको छ । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा विभिन्न पार्टी परित्याग गरि ३५ जना एमालेमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरुमा एकिकृत समाजवादीका पार्टी प्रदेश कमिटी सदस्य बद्रि सापकोटा, जिल्ला कमिटी उपसचिव, यमबहादुर सुब्बा, सभापोखरी पालिका कमिटीका अध्यक्ष गंगाप्रसाद सापकोटा, माओवादी केन्द्रका सभापोखरी पालिका कमिटी उपाध्यक्ष शेरबहादुर खड्कालगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन्। उनीहरुलाई एमाले प्रदेश इन्चार्ज गौतम, प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतले अबिर खादा लगाएर स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर