पूर्वाञ्चल खबर
खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै अध्यक्ष ओलीले ईमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आजदेखि शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गरे । ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’
छेलो खेलेर , घुयत्रो हानेर, गिर खेलेर आएका पुर्खाका सन्तान भएकोले खेलमा जित्छु भन्दा पनि हार्ने डर नेपाली खेलाडीमा रहेको अनले बताए । खेलका गतिबिधि हुन नसकेको सुनाउँदै अध्यक्ष ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासंघले गति लिएको उल्लेख गरे । महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनु पर्ने उनले बताए । खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने अध्यक्ष ओलीले आश्वासन दिए ।
‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारीने अभ्यासले मानिसलाई सफल बनाउने छ। सबैभन्दा ठुलोकुरा आफ्नो काम प्रति ईमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताएका ओलीले खेलकुदमा अनुशासन नभएका ब्यक्तिहरुलाई खेल क्षेत्रमा नबस्न अध्यक्ष ओलीले आग्रह गरे ।
‘
खेलमा आक्रमण हैन प्रतिरक्षा हुन्छ, उनले भने, शान्त स्वाभाभावका खेलाडीहरु परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासंघले सवै खेलको समुचित विकास गर्न सक्नु पर्ने उनले बताए । नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्म विस्वास नभएकोले हो, अध्यक्ष ओली भन्छन्, सगरमाथा चढ्न सँधै नेपाली नै अगाडी हुन्छ त र ?’