पूर्वाञ्चल खबर
उन्ले गिरिजा पुत्री नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई १ हजार २०८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पोखरेलले ३३ हजार १४८ मत ल्याए भने कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छिन् ।
गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म भए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेस उम्मेदवार डाक्टर मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।