पूर्वाञ्चल खबर
विराटनगर १० मा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले भने ‘यो मुलुकमा जबजब एमालेले नेतृत्व गर्छ । एमालेले जनता र राष्ट्रको पक्षमा राम्रो राम्रो काम गरेको छ ।’ उने मनमोहन अधिकारीले नेतृत्व गरेको एमाले सरकारले ल्याएका ‘बृद्धभत्ता, आफ्नो गाउँ आफै बनाऔँ’ जस्ता कार्यक्रमको स्मरण गराउँदै अहिले देशलाई स्थिर सरकार चाहिएको बताए । उनले भने ‘देशलाई समृद्धि र विकास चाहिएको छ । यसका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक छ । एमालेसँग विकास र समृद्धिका योजना छन् । ती योजना कार्यान्वयन गर्न नेकपा एमालेलाई अवसर चाहिएको छ ।’
एमाले नेतृत्वको सरकारले जहिलेपनि अभिभावकत्व ग्रहण गर्ने गरेको चर्चा गर्दै उनले राष्ट्रियता, स्वभिमान र विकासका निम्ति एमालेले खेलेको भूमिका सबैलाई अवगत रहेको बताए । ‘चाहे त्यो भारतीय नाकाबन्दीका विरुद्ध होस् या लिम्पियाधुरा र लिपुलेक भूमि फिर्ता लिने सन्दर्भमा चालेको कदम होस् । भारतसंग मात्रको परवहान निर्भरता हटाउँदै चिनसँग खोलिएका नौ वटा नाकाको सन्र्दभमा नै किन नहोस् । त्यो सबै एमाले सरकार भएकोबेला गरेको हो’ उनले भने ।
विकास निमार्णका निम्ति ल्याएका सुरुङ मार्गदेखि रेल मार्गसम्मका कार्य, सामाजिक सुरक्षा कोषको स्थापनादेखि स्वास्थ्य बिमा, सयौं अस्पतालको एकसाथ सिलन्यास, युवालाई रोजगारीदेखि बेरोजगारलाई भत्तासम्मको योजना लिएर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक पार्न नेकपा एमाले जनताको जनादेश लिन मतदातामाझ आइरहेको भन्दै उहाँले मंसिर ४ मा सूर्यमा मतदान गर्न आग्रह गरे ।
‘जनतालाई एमालेले कहिल्यै विश्वासघात गरेको छैन । तर एमालेलाई पूर्ण रुपमा काम गर्न दिईदैन । त्यसकालागि देशी विदेशी शक्तिहरुको षणयन्त्र हुन्छ । त्यसकै उपज परमादेशको माध्यमबाट नेकपा एमालेको सरकार तीन वर्षमै हटाइएको छ । परमादेशबाट छेकिएपनि जनादेशबाट छेकिँदैन ।’ उनले थपे ‘बहुमत ल्याउने हैसियतमा यतिबेला एमाले मात्रै हो । कांँग्रेसको बुई चढेर जित्न खोजिदैछ । हिजो एमालेको बुई चढेर धोका दिएको माओवादीले अब कांग्रेसलाई धोका दिन र अस्थिर राजनीतिमा रमाउन खोजिरहेको देखिन्छ ।’
आफ्नो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको भन्दै ढकालले भने ‘हामी यो क्षेत्रको विकासको अगुवाई गर्न आहन्छौं । हामी ०५१ सालमा सुरु गरिएको रिङरोडलाई पूर्णता दिने विमानस्थललाई क्षेत्रीयस्तरको रुपमा विकास गर्न चालेको कदम गठबन्धन सरकारले रोकेपनि त्यसलाई पूर्णता दिन चाहन्छौ ।’