AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रोटरी क्लबको साक्षरता अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७९, शुक्रबार १८:५६
108
Shares
विराटनगर / सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ ।

महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो ।
क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । सोही अभियान अन्तर्गत शुक्रबार क्लबले विराटनगरस्थित खार्जी कोहवारा गाउँका महिला र युवयीहरुका लागि साक्षरता कक्षा सञ्चालन गरेको छ ।

कार्यक्रममा ५० जना निरक्षर महिला र युवतीहरुको सहभागिता रहेको क्लबकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । उनले आफ्नो कार्यकालभरी विराटनगर ४ खारर्जीमा यस्तै सामाजिक कार्यसँगै साक्षरता अभियान संचालन गर्ने बताइन् । यसअघि पनि खारर्जीको आर्थिक विपन्न परिवारका मिहलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले रोटरीले तीन महिनाको सिकाइकटाइ तालिम सुरू गरेको छ । यो तालिम अहिले पनि जारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर