AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेशमा २१८ किलोमिटर कालोपत्र सडक निर्माण सम्पत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७९, बुधबार १८:४१
54
Shares
विराटनगर / सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पत्र गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त्त सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिए ।

प्रदेश सरकार स्थापनाको चार वर्ष अवधिमा आर्थिक वर्ष २०७५/७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्रे निर्माण सम्पत्र भएको हो ।

सडक मर्मत र ग्राभेल
यसैगरी सोही अवधिमा ८१९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताए । जसमा आर्थिक वर्ष २०७५/७६ मा ६०१ किलोमिटर, २०७६/७७ मा ६१ दशमलव ५४ किमी , २०७७/७८ मा ५१ दशमलव १३ किमी र आव २०७८/७९ मा १०६ दशमलव १६ किमी सडक मर्मत गरिएको हो । सोही अवधिमा ८९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा १२८ दशमलव नौ किलोमिटर, २०७६/७७ मा २११ दशमलव ३५ किलोमिटर, २०७७/७८ मा १७५ दशमलव ३१ किलोमिटर र आव २०७८/७९ मा ३८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

कच्ची सडक र ट्रयाक
यस्तै, सोही अवधिमा ८५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा १८१ दशमलव तीन किलोमिटर, २०७६/७७ मा ४७७ दशमलव ८२ किलोमिटर, २०७७/७८ मा १०९ दशमलव १९ किलोमिटर र आप २०७८/ ७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ ।

मन्त्रालयले उक्त्त अवधिमा पहाडी क्षेत्रमा २५४ दशमलव ३६ किलोमिटर सडकको ट्रयाकको खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात दशमलव पाँच किमी, २०७६/७७ मा १४२ दशमलव ५९ किलोमिटर, २०७७/७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८/७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्रयाक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिए । सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पत्र गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ्ग गरिएको छ ।

मोटरेबल र झोलुङ्गे पुल
मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेबल पुलको निर्माण कार्य सम्पत्र गरेको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा १० वटा, २०७६/७७ मा १२ वटा, २०७७/७८ मा आठ वटा र आव २०७८/७९ मा २५ वटा पुल निर्माण सम्पत्र गरेको हो । सोही अवधिमा प्रदेश भरिमा १०५ वटा झोलुङ्गे पुलको निर्माण सम्पत्र गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात वटा, २०७६/७७ मा २९ वटा, २०७७/७८ मा ४४ वटा र आवं २०७८/७९ मा २५ वटा झोलुङ्गे पुल निर्माण भएको हो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर