AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन विराटनगरको सामूहिक लोक नृत्य प्रतियोगितामा एभरेष्ट स्कुल प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ भाद्र २०७९, आईतवार १७:३१
369
Shares
विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामुहिक लोक नृत्य प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम भएको छ ।

प्रतियोगिता अन्तर्गतका आधारभूत तह (कक्षा १–८) का र माध्यामिक तह (कक्षा ६– १२) का विद्यार्थी विचको प्रतिष्पर्धा दुवैमा एभरेष्ट प्रथम भएको हो । प्राथमिक तहका १२ विद्यालय सहभागी आधारभूततहको नृत्य र १४ विद्यालय सहभागि माध्यामिक तहको लोक नृत्य प्रतियोगिता दुवैमा एभरेष्ट स्कुल प्रथम भएको हो ।

आरोहण गृुरुकुलमा आयोजित महानगरस्तरीय प्रतियोगितामा सामूहिक लोक नृत्यमा एभरेष्ट स्कुल प्रथम भइरहँदा क्रमश उत्कृष्ट चारमा पोल स्टार स्कुल, सुम्निमा स्कुल र बुढानिलकण्ठ स्कुल छनौट भएका छन् । यस्तै माध्यामिक तहको सामूहिक लोक नृत्यमा एभरेष्ट स्कुल प्रथम हुँदा प्यारागन स्कुल, ग्रेडेड स्कुल, पोल स्टार स्कुल र सिद्धार्थ स्कुल चयन भएका छन् ।

विराटनगर प्याब्सनले लिएको अडिसनबाट उत्ष्कृष्ट भएका स्कुलले प्याब्सन मोरङले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । विराटनगर प्याब्सनका सचिव अशोक लामा अनुसार प्याब्सन जिल्लाले आयोजना गरेको अंग्रजी हिज्जे र सामूहिक लोक नृत्य प्रतियोगिता अन्तर्गत विराटनगर महानगर स्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । जस अन्तर्गत सामूहिक लोक नृत्यको दुवै तहको विधामा एभरेष्ट प्रथम भएको हो । यस्तै ब्रिटिस आधारित अंग्रेजी हिज्जे प्रतियोगितामा सेन्ट जोसेफ स्कुल, डिपिएस स्कुल, मदरल्याण्ड स्कुल, ग्रिनल्याण्ड स्कुल, एभरेष्ट स्कुल, विकेभिएम स्कुल र गौतमबुद्ध स्कुल छनौट भएका छन् ।

प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगिताको फाइनल यहि भदौ १५ र १६ गते फाइनल प्रतियोगिता हुने प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बाले बताइन् । उनका अनुसार जिल्लाका सबै पालिकाबाट प्रतियोगितामा सहभागि भएका विद्यालयको उत्कृष्ट एक तिहाईले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छन् । विराटनगरमा महानगरमा भने हिज्जे प्रतियोगितामा प्याब्सन मोरङका सचिव अशोक लामा र सामूहिक लोकनृत्य अर्जुन श्रष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर