AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेची महाकाली अभियानले सडक नै कब्जा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७३, आईतवार १७:४१
3
Shares
गोपाल काफ्ले
उर्लाबारी, २२ फागुन /विभिन्न बहानामा सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नु नेपालमा अनौठो होइन । तर, संविधान कार्यान्वयनमा आफू दृढतापूर्वक लागेको बताउने एमाले नै सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नु कत्तिको न्यायोचित हो ?
आन्दोलन, र्याली, प्रदर्शनलगायतका कार्यक्रममा सडक अवरुद्ध गर्ने पुरानो परिपाटीलाई निरन्तरता दिदै एमालेले सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गरिरहेको छ । राष्ट्रिय जागरणकालागि भन्दै फाल्गुन २१ गतेबाट शुरू गरेको मेची महाकाली अभियानका क्रममा आइतबार मोरङको उर्लाबारीमा पनि सडक अबरुद्ध गरेको हो ।
झापा काकडभिट्टाबाट शुरू भएको अभियान महाकालीसम्म सडकमै केन्द्रित अभियान १५ दिनसम्म चल्नेछ ।
पूर्वपश्चिम राजमार्गमा नै केन्द्रित अभियानले दुई दिनसम्मको कार्यक्रमलाई नियाल्दा कार्यकर्ताले सडक ढपक्कै ढाकिएको छ । पूर्वपश्चिम राजमार्ग अति व्यस्त मध्येको एक हो । यसरी व्यस्त सडकमा केन्द्रीत कार्यक्रमले सडक भएर यात्रा गरिरहेका सवारी साधन तथा सर्वसाधारण भने सास्ती खेप्दै आएका छन् । तर, ठाउँ ठाउँमा सभा गरिरहेको एमालेलाई जनताले व्यहोर्नुपरेको सास्तीमा कुनै चासो छैन ।
आइतबार राजमार्ग अन्तरगत उर्लाबारीको मुख्य चौकमा कार्यक्रम हुँदा करिब एक घण्टा सडक अवरुद्ध बन्यो । निजी तथा सार्वजनिक सवारीसाधन त परकै कुरा भए एम्बुलेन्स समेत प्रभावित बन्यो ।
विगतदेखिनै राजनीतिकले सडक छेउमा स्टेज बनाएर कार्यक्रम गर्दा सर्वसाधारण जनताले धेरै सास्ती खेप्नुपरेको उर्लाबारीस्थित वाइवा मोबाइल जोनका प्रोप्राइटर पवन वाइवाले बताए ।
’राजनीतिक दलले सडकममै स्टेज बनाएर सडक कब्जा गर्दा ट्राफिक प्रहरीले केही गर्न सक्दैन । हामीले अन्जानमा सानो गल्ती गर्दा समेत तत्कालै कारबाही हुन्छ,’ उनले भने, ’सानालाई ऐन ठूलालाई चैन भनेको यही हो ।’
सडकनै कब्जा गरेर एमालेले अभियान शुरूसँगै सामाजिक सञ्जालमा पनि विरोधका स्वर गुन्जिन थालेको छ । फेसबुकमार्फत उर्लाबारीका व्यवसायी सुनिल अग्रवाल, नुत्तन राईलगायतले सडक कब्जा गरी कार्यक्रम गरिनु अनुपयुक्त भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर