AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ का नयाँ विद्यार्थीलाई एभरेष्टमा अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० श्रावण २०७९, सोमबार १८:५८
2.78k
Shares
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई एक दिने अभिमुखिकरण कक्षा सञ्चालन गरेको छ ।

विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई आज कलेजका प्रमुख टिकाराम पुरी, सहायक प्रमुख नारायण कडरिया, विज्ञान संकाय प्रमुख भुवन गौतम र व्यवस्थापन संकाय प्रमुख ऋषभ पाण्डेले अभिमुखिकरण कक्षा सञ्चालन गरेका हुन् ।

विद्यार्थीलाई सम्बोधन गर्दै कलेज प्रमुख पुरीले विद्यार्थीलाई आफ्नो लक्ष्य र अभिभावकको लगानीलाई सार्थक बनाउने गरि मेहनत गर्न सुझाव दिए । उनले कलेजले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार गरिदिने भन्दै सफलताका लागि विद्यार्थीको आफ्नो मेहनत महत्वपूर्ण हुने बताए । उनले भने ,‘हामी चाहन्छौं, हाम्रा विद्यार्थी संसारसँग प्रतिष्पर्धी बन्ने मात्रै होइन अब्बल प्रमाणित हुन्, यसकालागि हामीले नविन प्रविधिको उपयोग मात्रै गरेका छैनौं हरेक कक्षा कोठालाई समेत वातानुकुलित बनाएका छौं ।’

विद्यार्थीले शैक्षिक ज्ञान लिएर मात्र नहुने भन्दै उनले प्रविधिको उच्चतम उपयोग, सीप र संस्कारलाई पनि सँगै लैजान आवश्यक रहेको समेत बताए। उनले भने ,‘हाम्रा विद्यार्थी, अध्ययनमा अब्बल मात्रै हैन अनुशासीत हुनुपर्छ, संस्कारयुक्त हुनुपर्छ र प्रविधिमा अब्बल हुनुपर्छ ।’

सहायक प्रमुख नारायण कडरियाले कक्षा ११ मा भर्ना भइरहँदा हरेक विद्यार्थीले गगनचुम्बि लक्ष्य लिइरहेको हुने भन्दै त्यस लक्ष्यलाई सार्थक बनाउन अबको दुई वर्ष आधारशिला हुने बताए। उनले भने ,‘तपाईहरुले अबको दुई वर्ष हरेक दिन अनुशासित भई सकारात्मक सोचका साथ मेहनत गर्नुहोस, लक्ष्य तपाईहरु नजिक आईपुग्छ ।’

प्रमुख पुरीले एभरेष्ट कलेजले विद्यार्थीलाई कक्षाकोठा भित्रको अध्ययनमा मात्रै सिमित नराखि संसारसँग परिचित हुने वातावरण तयार पार्ने बताए। मानिससँग आफुभित्र अथाह क्षमता हुँदा पनि आत्मविश्वासको कमिले उ असफल भइरहेको हुने चर्चा गर्दै एभरेष्टले आत्मविश्वास बढाउन सहयोग गर्ने बताए। उनले भने ‘जीवनको भविष्य बनाउन यो दुई वर्ष आधारशिला हो, यो समयको राम्रो सँग उपयोग गर्नुहोस ।

अभिमुखिकरण कक्षामा संकायका प्रमुखहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा प्रस्तुतीकरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर