पूर्वाञ्चल खबर
उदयपुरको कटारी नगरपालिका–७ रिस्कुका २६ बर्षीय नाती रोहित दनुवारले अंश बण्डाको बिषयमा बादबिबाद हुँदा ७० बर्षीया मनमाया दनुवारको हत्या गरेका छन् ।
उनलाई प्रहरीले आज पक्राउ गरेको हो । आज विहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै–झगडा भएको र रिशको आवेगमा रोहितले मनमायालाई शरिरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कटारीप्रहरीले जनाएको छ ।