पूर्वाञ्चल खबर
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज विहानसम्म करिव ७५३४१ हजार मतगणना हुँदा कोइरालालले एमालेका सागर थापालाई ६१४८ मतान्तरले पछि पारेका छन् । कोइराल २४५६३ मत ल्याउँदा थापाले १८४१५ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७४९७ मत र राप्रपाका प्रह्लाद साहले ४६०२ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी शिल्पा ९२७९ मतान्तरले उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पछि पारेकी छिन् । शिल्पाले २१३८३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अमरेन्द्रले १२१०४ मत प्राप्त गरे । राप्रपाकी बिन्दाकुमारी लुइँटेलले ५५८६ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४४५८ मत पाएकी छिन् ।
विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९६७८ मत खसेको थियो । अव गन्न बाकी १४३३७ मत रहेको छ ।