AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मेयरमा कांग्रेसका नागेश र उपमेयरमा एमालेकी शिल्पा विजयी नजिक, नागश ५९३० र शिल्पा ८७०२ मतान्तरले प्रतिस्पर्धीभन्दा अगाडी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७९, शुक्रबार ०७:२३
3.78k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार नागेश कोइराला र र उपमेयरमा शिल्पा कार्कीले विजयी नजिक पुगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज विहानसम्म करिव ६९ हजार मतगणना हुँदा कोइरालालले एमालेका सागर थापालाई ५९३० मतान्तरले पछि पारेका छन् । कोइराल २३२६९ मत ल्याउँदा थापाले १७३३९ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७०७२ मत र राप्रपाका प्रह्लाद साहले ४४३९ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शिल्पा ८७०२ मतान्तरले उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पछि पारेकी छिन् । शिल्पाले २०१४५ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अमरेन्द्रले ११४४३ मत प्राप्त गरे । राप्रपाकी बिन्दाकुमारी लुइँटेलले ५३८२ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४१८५ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर