पूर्वाञ्चल खबर
आज दिउँसो भारतबाट नेपालतर्फ आँउदै गरेको कैलाली घर भई दमक नगरपालिका २ मा बस्तै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुनसहित पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्रामको सुन फेला परेको हो । सुन हालको बजार मुल्य अनुसार करिव अठाइस लाख सतासी हजार बराबरको रहेको प्रहरीले जनाएको छ । सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।