AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुकुम्वासी मुक्त्त शहर निर्माण गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७९, आईतवार १९:५०
234
Shares
विराटनगर / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले विकासको सम्भावक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनु पर्ने बताएकी छिन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोण सभामा उनले रोजगारी सिर्जना ,सुकुम्वासी मुक्त र बाढीमुक्त शहर निर्माण गर्ने विश्वास दिलाइन् ।

महानगरका नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शुन्य पालिका,सफा ,सुन्दर शहर र दोश्रो ठूलो पालिका बनाउने प्रतिवद्धता व्यक्त्त गरे ।

विराटनगनर –११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्रे सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने वताए । केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइराला सहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमा सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर