पूर्वाञ्चल खबर
जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा द्धितीय, तृतीय र चौथो अडिसन इटहरी, धरान, विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । पहिलो चरणको अडिसनमा जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जयराज राय, मिस कोशीको २०२१ विजेता प्रशिका श्रेष्ठ र फस्ट रनरअप आयूषा आचार्य रहेकी थिइन् ।
एसईई दिएर बसेका विद्यार्थीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै व्याक्तित्व विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले प्लस टुमा निःशुल्क छात्रवृती प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनलमा पुगेका प्रतियोगिहरूलाई विषय विज्ञहरूबाट प्रशिक्षण दिएपछि असारमा फाइनल हुनेछ ।