AArya
RUMPUM
animated ellipse animated ellipse

इन्डो–नेपाल टि–२० क्रिकेटको उपाधि नेपाललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७३, बिहीबार ०९:२१
36
Shares
पुष्पराज थपलिया
जोगबनी, १९ फागुन /भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टको उपाधि नेपालको पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले हात पारेको छ । उपाधिसँगै पूर्वाञ्चलले नगद भारु २१ हजार र ट्रफि हात पारेको छ ।
बुधबार मध्यरातमा सम्पन्न भएको फाइनल खेलमा विराटनगरले भारतको पटनालाई २० रनले पाराजित गरि उपाधि हात पारेको हो । पटनाले नगद भारु ११ हजार र ट्रफि हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारीत २० ओभरमा सवै विकेट गुमाई १ सय ४७ रनको स्कोर खडा गरेको थियो । विराटनगरका हसिम अन्सारीले अविजित ४३ रन, विद्यान गौश्वामीले ३४ रन र कप्तान मन्जित श्रेष्ठले २९ रनको योगदान दिएका दिए । पटनाका अनिमेश शर्माले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा १ सय ४८ रनको विजय लक्ष्य पछ्याएको पटनाले निर्धारित ओभरमै सवै विकेट गुमाई १ सय २७ रनमात्र जोड्न सकियो । विराटनगरका कप्तान मन्जित श्रेष्ठले ४ विकेट र विद्यान गौश्वामीले २ विकेट लिए ।
खेलको म्यान अफ द फाइनल विराटनगरका अलराउण्डर खेलाडि कप्तान मन्जित श्रेष्ठ घोषित भए । प्रतियोगिताको उत्कृष्ट विराटनगरका विद्यान गोश्वामी घोषित भए । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान विराटनगरकै सन्दिप ढुङ्गाना भए भने उत्कृष्टद बलर भारतका अनिमेश शर्मा घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर