AArya
RUMPUM
animated ellipse animated ellipse

भारतमा पेट्रोलियम पदार्थ महङ्गो भएपछि पूर्वाञ्चलमा कृतिक अभाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७३, मंगलवार २०:२४
3
Shares
विराटनगर, १७ फागुन / पूर्व क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । नेपाल आयल निगमले प्रयाप्त इन्धन दिएपनि पेट्रोल पम्पहरुले इन्धनको कृत्रिम अभाव सिर्जना गरेका कारण अभाव भएको हो ।
आयल निगमले गत विहीबारदेखि नै प्रयाप्त पेट्रोल वितरण गरेपनि अझै पेट्रोल पम्प खुलेका छैनन् । फाट्ट फुट्ट खुलेका पेट्रोलपम्पमा मोटरसाइकल तथा अन्य सवारी साधनको लाम लागेको छ । ९० प्रतिशत पेट्रोल पम्पले सहज तरिकाले इन्धन बिक्री नगर्नु र आयल निगमबाट प्रयाप्त पेट्रोल वितरण हुँदा पनि अभाव हुनुले पेट्रोल तस्करी भएको देखिएको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले बताए ।
निगमलगायत सरोकारवाला निकायहरु मौन बस्दा यतिबेला ठूलो परिमाणमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको आशंका गरिएको छ । अहिले विराटनगर लगायत पूर्वी क्षेत्रका उपभोक्ताहरु कालोबजारीमार्फत महंगोमा इन्धन खरिद गर्न बाध्य छन् ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेशकुमार यादवले बजारमा इन्धन अभाव हुने कुनै सम्भावना नभएको बताउँछन् । उनले अभावको सम्भावना नभएको बताएपनि पम्पहरुले इन्धन भने बिक्री गरेका छैनन् ।
विगत केही महिनादेखि भारततर्फ संस्थागत रूपमा इन्धनको तस्करी भइरहेको भएपनि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कुनै पहल गरेको छैन । अहिले नेपालमा भन्दा भारतमा डिजेल १६ रुपैयाँ प्रतिलिटर महँगो छ ।
यसले गर्दा इन्धनको तस्करी व्यापक भएको जानकारहरु बताउँछन् । ‘ भारतबाट पेट्रोल आउँथ्यो, तर अहिले नेपालबाट भारत जाँदैछ भन्ने सुनेका छौं,’ नेकपा माओवादी केन्द्रकी विराटनगर संयोजक नमिता न्यौपानेले भनिन, ‘ट्यांकरका ट्यांकर पेट्रोल तस्करी भएको सूचना हामीलाई आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर