AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर काँग्रेसले विराटनगरको मेयरमा ७ जना र उपमेयरमा ११ जनाको नाम सिफारिस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०७९, शनिबार १६:५०
2.17k
Shares
विराटनगर / नेपाली काँग्रेस महानगर समितिले विराटनगरको मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको छ ।

सत्ता गठबन्धनलाई कायम राख्न संयन्त्रको छलफल आरम्भ भइरहेका बेला नेपाली काँग्रेस महानगरका सभापति पार्टी दिपक चापागाईले केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मेयरमा ७ जना मेयर र ११ जना उपमेयरको नामावलीसहितको सिफारिस बुझाएका हुन् ।

महानगरको मेयरका लागि कांग्रेसबाट केन्द्रीय सदस्यहरु अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ । पराजुली वर्तमान महानगरमा मेयर हुन् भने कार्की उप–मेयर हुन् ।

यस्तै विराटनगरको उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव सिफारिस गरिएको छ । उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

महानगरको मेयरमा महिला उमेदवार हुनसक्ने सम्भावनालाई मध्येनजर गर्दै उपमेयर पदका लागि पुरुषहरुको समेत नाम सिफारिस गरिएको छ ।

यसअघि नै कुनै गठबन्धन नगर्ने निर्णय गरेको विराटनगर कांग्रेसले एकल निर्वाचनमा जानका लागि नामहरु सिफारिस गरेको हो । महानगर सभापति चापागाईले उम्मेदवारको अन्तिम निर्णय केन्द्रीय कार्यालयले गर्ने भन्दै नाम टुङ्गो लगाएसँगै निर्वाचनमा होमिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर