AArya
RUMPUM
animated ellipse animated ellipse

ओखलढुंगाको मानेभन्ज्याङमा दुर्घटना : तीन प्रहरीको मृत्यु, ईनिस्पेक्टरसहित ६ प्रहरि घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७८, बुधबार १६:४३
270
Shares
विराटनगर / ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

आज बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउदै गरेको बा .१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको र प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो भने प्रहरी नायव निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर