पूर्वाञ्चल खबर
कमिसन भन्दै पाँच हजार रुपैयाँ नदिँदा पक्राउ परेका साराजुनसहितका दुई जनाले विराटनगर ८ अशोक चौकका ५२ वर्षिय अफाक आलमलाई कार्तिकक २४ गते विहान अपिस जाने क्रममा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरेपछि साराजुन भारततर्फ फरार भएका थिए । घर आएको कुरा प्रहरीले थाहा पाएपछि उनलाई आइतबार विराटनगरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न अर्का एक जना फरार छन् । फरार भएकाको पनि प्रहरीले खोजी कार्य तिव्र बनाएको छ ।
आक्रमण गर्ने मध्ये पनि मुख्य व्यक्ति साराजुन रहेको घाइते भएका आलमले बताएका छन् ।
यस्तो छ घटना
२४ कार्तिकमा अफाक आलम विहान सबेरै खाना खाएपछि सधैझै उनी अफिस हिडेका थिए । उनी इटहरीस्थित बुलेट मोटसाइकलको स्वरुम ‘रोयल इन फिल्ट’ मा काम गर्दै आएका छन् । उनी स्वरुमको इन्चार्ज हुन् । खाना खाएपछि ८ बजे घरदेखि स्कूटि लिएर अपिस हिडेको २० मिनेट बित्न नपाउँदै उनी आक्रमणमा परे । साराजुन सहितको समूहले घरदेखि करिब २ किलोमिटर उत्तरमा रहेको हरिहर चौकमा आलममाथि खुकुरी प्रहार भएको थियो । घाइते भएका आलमको खुट्टा, हात, शरिरको विभिन्न भागमा चोटपटक लागेको थिया । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भएपछि अहिले ठिक छन् ।
घाइते आलमका अनुसार आक्रमण गर्ने मध्ये मो. साराजुनले मागेको पाँच हजार रुपैयाँ नदिदा केटाहरु ल्याएर आफुमाथि खुकुरी प्रहार गरेको बताएका छन् । ‘साराजुनले केही समय अगाडी मोटसाइकल स्वरुम (अपिस) मा एउटा मोटसाइकल सर्भिस गर्न पढाएका थिए । त्यसबेला मोटसाइकल मर्मत खर्चको बिल ११ हजार रुपैयाँ जति भएको थियो । उक्त मोटसाइकल बनाउन पठाए वापतको कमिसन भन्दै आक्रमण गर्ने साराजुनले मलाई पाँच हजार रुपैयाँ माग्दै आएका थिए,’ आलमले भने, ‘कमिसन वापतको रकम नदिँदा आफुमाथि खुकुरी प्रहार गरि घाइते बनाएका थिए ।’
पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग राखेका छन् ।