AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लोभीपापीका कारण राजनीति दुर्गन्धीत भयो :अध्यक्ष लिङ्देन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७८, बुधबार १९:५७
333
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको इतिहास संकटपुर्ण अवस्थामा पुग्नुमा देशकै प्रमुख दलहरुको दोष रहेको आरोप लगाएका छन् ।

राप्रपा मोरङले आज विराटनगरमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

एमाले, कांग्रेस र माओवादीलगायतका पार्टीका कारण राज्यका ३ अंग काम गर्न नसक्ने अवस्था पुगेको उनले बताए । अध्यक्ष लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त्ति दिलाउन पर्ने समेत बताए । उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए ।

अध्यक्ष लिङ्देनले सामान्य आँखाले हेरे जस्तो देश नअहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको बताए ।

अध्यक्ष लिङ्देन सरकार सरकार जस्तो नभएको र अदालत अदालत जस्तो नभएको बताउँदै सरकारले ठीक ढङ्गले काम गर्न नसकेको भन्दै सरकारले उत्पादनमुखी काम नगरे नै युवा विदेशिएको दावी गरे ।

परिवारलाई पाल्न देश छाडेर विदेश जान कसले बाध्य पार्यो प्रतिप्रश्न गर्दै अध्यक्ष लिङ्देनले भने, ‘ ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको छ ।’ उनले भने, ‘ अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ।’

अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरूले राजनीतिलाई ‘सात पुस्ता सपार्ने व्यवसाय’ बनाएको आरोप लगाएका छन् । ‘राजनीति गर्नेहरुले ओड्ने ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, सात पुस्ता सपार्ने व्यवसाय पनि बनाए,’ लिङ्देनले भने ।

त्यसको असर अहिले जनताले भोगिरहेको भन्दै उनले लोभीपापीका कारण राजनीति दुर्गन्धीत भएको दाबी गरे ।
कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, नायीका रेखाथापा लगायतले सम्बोधन गरेका थिए । उनीहरुले आगामि निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा अगाडि आउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर