पूर्वाञ्चल खबर


मेलास्थलमा ८० स्टल एसीडोम सुविधासहितका हुनेछन । बाँकी कुलर सुविधा भएका स्टल, नर्मल, खाद्यन्न स्टल र अटोका स्टलहरु रहनेछन् । मेला आयोजक समितिले क्षेत्रगत रुपमा तयार पारेको ढाँचाका आधारमा सबै क्षेत्रका स्टलहरु बुकिङ भएका हुन् । तीन करोड लागत अनुमान गरिएको मेलाबाट ४० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । मेलामा दुईलाख अवलोन कर्ता भित्र्ने अपेक्षा गरिएको छ ।
आयोजकले मेलास्थलमा लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको आकर्षण थपेको छ । सेल्फी जोनको सुविधा समेत मेलास्थलमा राखिएको छ । मेलामा साहसिक खेलको आनन्दका लागि जिप लाइन, रिभर्स बन्जी, जिप साइक्लिनिङ्गको सुविधा उपलब्ध हुनेछन् ।
संघले विगतमा कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला–२०५७, विराट महोत्सव–२०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०७५ आयोजना गरेको थियो । विगतका अनुभवबाट सिक्दै यस पटक मोरङ व्यापार संघ ट्रेड एक्स्पोको नामबाट नयाँ आकर्षण र उच्च कारोबार गर्ने लक्ष्य राखिएको छ ।