विराटनगर, १६ फागुन / सरकारले सुरु गरेको बैज्ञानिक वन व्यवस्थापन आजको आवश्यकता भएको हुनाले यसको विकासको लागि निजी क्षेत्रको सहयोग र भुमिका आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
विराटनगरमा सोमबार भएको नेपाल वन पैदावार उद्योग व्यवसायी संघको १० औ वािर्षक साधारण सभा तथा अधिवेशनमा सहभागिहरुले दिगो वन व्यवस्थापनको लागि सरकारले वैज्ञानिक वन व्यवस्थापन अभिलम्बन गरेको बताए ।
अधिवेशनको उद्घाटन शत्रमा बोल्दै पूर्वाञ्चल क्षेत्रिय वन निर्देशानलयका प्रमुख राजेन्द्र काफलेले उत्पादन व्यवसायिकसँगै वैज्ञाकि भए मात्र व्यवसायहरुले स्थायीत्व पाउने बताए ।