AArya
RUMPUM
animated ellipse animated ellipse

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीमाथि नेपालको संघर्षपूर्ण जित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७८, बुधबार १९:००
306
Shares
विराटनगर / आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटले संघर्षपूर्ण जित हात पारेको छ ।

आज भएको खेलमा पपुवा न्युगिनीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ बलमा ८ विकेटको क्षतिमा पूरा र्गयो ।

नेपालको जितकालागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे । रोहितले ५८ रन जोड्दा रोहितले ५३ रन बटुले । अन्तिम ओभरमा पहिलो बलमा लेग बाइ चौका हुँदा र दोस्रो बलमा करणले छक्का हिर्काउँदै नेपाललाई जिताए । उनले २५ बलमा नटआउट २९ रन जोडे । उनले २ छक्का र १ चौका हिर्काए ।

नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ शेख १६ रन, ज्ञानेन्द्र मल्ल ४ रन र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका थिए ।

नेपालले ४ विकेट गुमाउँदा ४२ रन मात्र जोडेको थियो । त्यसपछि रोहित र आरिफले पाँचौ विकेटका लागि १ सय २ रनको ठोस साझेदारी गरेका थिए । यो नेपालका एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी हो । पिएनजीका नोर्मन भानुआ,एलेई नाओ र रिले हेकुरोले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो । शारजाहमा भएको खेलमा पपुवा न्युगिनीका लागि चल्र्स अमिनीले सबैभन्दा बढी ५९ रन जोड्दा चाड सोपर ३५ रन र टोनी उराले २७ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट लिए । नेपालले पपुवा न्युगिनीका दुई ब्याट्सम्यानलाई रनआउट र्गयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर