AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७८, शुक्रबार १५:४०
225
Shares
विराटनगर / महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” को आयोजना हुने भएको छ ।

आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २१ देखि फाल्गुन २४ गतेसम्म वैजनाथपुर क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको कार्यकारी श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरि ३ जिल्ला र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सभागि हुने सहभागिता हुने कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए । यसपाली पहिलो पटक भएकोले ४ टिम सहभागि भएको आगामी बर्ष थप जिल्ला समावेश गरी यसलाई बृहत बनाउने योजना रहेको कार्यकारी श्रेष्ठले बताए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलले फाइनले खेल्ने आयोजकले जनाएको छ । खेल टि–२० फर्माटमा खेलाइने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर