AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७८, शुक्रबार १६:२२
153
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८८९ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर