AArya
RUMPUM
animated ellipse animated ellipse

एकता युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७८, मंगलवार १८:४७
144
Shares
सुनसरी / एकता युवा क्लब प्रथम सोनापुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो क्वाटरफाइनल खेलमा एकता युवा क्लबले विराट स्पोर्टस एकेडेमी विराटनगरलाई २–१ गोल अन्तरको पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एकता क्लबको जितमा सञ्जय धिमाल र रोमन भुजेलले एक–एक गोल गरे । धिमालले पहिलो हाफको ८ औ मिनेटमा र भुजेलले ३५ औं मिनेटमा गोल गरेका हुन । विराट स्पोर्टस एकेडेमीको तर्फबाट नविन चौधरीले दोस्रो हाफको ३७ औं मिनेटमा १ गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच एकता युवा क्लबका सञ्जय धिमाल घोषित हुदै नगद २ हजार रुपैया पाए ।

भोलीको तेस्रो क्वाटरफाइनल खेल पुर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैचा र दुहबी स्पोर्टस एकेडेमीबिच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर