AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसिज विधान विपरित नेतृत्व चयन गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७८, मंगलवार २१:१३
2.69k
Shares
विराटनगर/ ‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने जेसीजको मुल मन्त्र छ । तर विराटनगर जेसीजले नेतृत्व चयन प्रकृया भने विधान विपरित अघि बढाएको छ ।                                                                                                                                                    बुधबार नेतृत्व चयनको तयारी गरिएको छ । तर, सदस्यहरुले निर्वाचनको पत्र र मतदाता नामावली प्राप्त नभएको बताएका छन् ।

जेसीजको बार्षिक निर्वाचन कार्यक्रम राष्ट्रिय महाधिवेशन भन्दा ३० दिन अघि हुनु पर्ने विधानमा व्यवस्था छ । तर, राष्ट्रिय महाधिवेशन पछि विराटनगर जेसिजले बार्षिक निर्वाचन कार्यक्रम बुधबार सम्पन्न गर्ने तयारी गरेको हो ।

संभवत जेसीजको इतिहासमै नभएको घटना विराटनगर जेसीजले गर्न लागेको छ । विराटनगर जेसीजको पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त उज्वल खरेलले विधान विपरित नेतृत्व चयन प्रकृया शुरु नगरिएको दावी गरे ।

महाधिवेशन अधि नै निर्वाचन प्रकृया शुरु गरेर महाधिवेशन पछि गर्ने गरि स्थगित गरिएको उनले बताए । उनले भने,‘ विराटनगरबाट राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार भएकाले निर्वाचन स्थगीत गरिएको हो ।’ अध्यक्ष जिताउने अभियानमा लाग्नु परेकाले महाधिवेशन पछि प्रकृया शुरु गर्ने गरि स्थगीत गरिएको र विधान संवत नै भएको खरेलको दावी छ । उनले भने,‘ महाधिवेशन अघि नेतृत्व चयन गर्दा अध्यक्षको उम्मेदवारलाई प्रभाव पर्ने देखिएकाले स्थगीत गर्नु परेको हो ।’

महाधिवेशनको ३० दिन अघि बार्षिक निर्वाचन गरिसक्नु पर्ने काम ३० दिन पछि शुरु गर्नु विधान संवत नभएको श्रोतको भनाई छ ।

विराटनगर जेसीजमा आन्तरिक कलहका कारण यो समस्या आएको बताईएको छ । श्रोत भन्छ,‘ अघिल्लो दिन चिठ्ठी बाढेर भोली पल्ट मनोनयन हुन्छ, कुन संस्थाको निर्वाचन यस्तो हुन्छ ?’ शासन विधिको हुनु पर्ने भन्ने, अनि गैर कानुनी कार्य गर्न नमिल्ने श्रोतले बतायो ।

विधान विपरितको कार्य विराटनगर जेसिजले गर्न लागेको पूर्व अध्यक्षले बताए । उनका अनुसार विगत २ वर्षदेखि विराटनगर जेसिजको बार्षिक साधारणसभा पनि भएको छैन । शाखाको अधिवेशन गर्नु पर्ने विधानमा व्यवस्था भएपनि अधिवेशन नगरेर हिसाव किताव पारदर्शी नगरेको उनले बताए ।

विधान विपरित निर्वाचन प्रकृया अघि बढाईए संवन्धित निकायमा उजुरी गरि विराटनगर जेसीजलाई विधान संवत नेतृत्व चयनका लागि दवाव दिईने पूर्वअध्यक्षहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर