पूर्वाञ्चल खबर
विराटनगर – ९ भानुटोलबाट एक जना व्यापारीले तस्करी गरि ल्याएको कपडा प्रहरीले आज दिउँसो छापा हानेर बरामद गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट र गणको सादा पोशकको प्रहरीले विनोद अग्रवालको घरमा भण्डारण गरि राखिएको ३५ बोरा कपडा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
बरामद गरेको कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । बब्लुले भारतदेखि अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पु¥याउने जिम्मा लिने गर्दछन् । यसरी क्यारिङ गरेको कपडा गन्तब्यसम्म पु¥याउँदा उनले पिस हिसाबले व्यापारीसँग पैसा लिने गर्दछन् ।
प्रहरीले आज बरामद गरेको कपडा लाखौं मुल्य बरावरको रहेको छ । १ बोरामा ५० देखि ७० पिस कपडा हुने गर्दछ । बरामद गरेको कपडा भेस्ट, साडी, कुर्ता सुरूवाललगायतका सामान रहेका छन् । बब्लुले तस्करी गरि ल्याएको कपडा बसपार्क पूर्वमा रहेको उनका मामा विनोदको घरको गोदाममा ल्याएर राख्ने गरेका थिए । उनले भारतदेखि तस्करीको कपडा ल्याउन दुई दर्जन भरिया प्रयोग गर्दछन् । कपडा गोदामसम्म भरियाले ल्याइपु¥याउँदा ५ सय देखि एक हजार रुपैयाँसम्म दिने गरेका छन् ।