पूर्वाञ्चल खबर
एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन भएका हुन्। हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेतृत्व चयन गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईले जानकारी दिए। उनका अनुसार यो सँगै कक्षा २ देखि १० सम्मका हरेक कक्षाका लागि मनिटर र भाईस मनिटर तथा प्रत्येक हाउसका लागि हाउस क्याप्टेन र भाईस क्याप्टेन पनि चयन गरिएको छ । यस्तै विद्यालय भित्र रहेका विभिन्न क्लवका लिग समेत क्याप्टेन र भाइस क्याप्टेन चयन गरि सवैलाई आ–आफ्नो कर्तब्य र जिम्मेवारीका विषयमा अभिमुखिकरण तालिम दिइएको छ ।
विद्यार्थीहरुको पढाईका अतिरिक्त नेतृत्व विकास, अनुशासन र जिम्मेवारीबोध गराउनका लागि नेतृत्व चुन्ने र चुनिने अभ्यास गराइएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए ।