AArya
RUMPUM
animated ellipse animated ellipse

कटिहार दोस्रो चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७३, बुधबार १७:३५
3
Shares
जोगबनी, फागुन ११ / भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा कटिहार विजय भएको छ ।
बुधबार भएको खेलमा भारतका कतिहारले विराटनगरको विराट सोसाइटी क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कटिहारले निर्धारीत २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रनको योगफल खडा गरेको थियो । कटिहारका अनुराग सिंहले ४० रन र मुकेश कुमारले २० रलको योगदान दिएका थिए । विराटनगरका मनोज मण्डल र फिरदोस अन्सारीले २–२ विकेट लिए ।
जवाफमा १ सय ३१ रनको विजय लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । विराटनगरका मिनेस थापाले २३ रन, अंकित सुवेदीले १८ रन र पुष्प थापाले १५ रनको योगदान दिए । कटिहारका म्यान अफ द म्याच अदित्य सिंहले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर