AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ९३ जनामा संक्रमण देखिन्दा २७९ संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ आश्विन २०७८, शनिबार १८:२०
531
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९३ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १–१, सुनसरीको धरान र इटहरीमा ९–९ , दुहवीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीयतहनखुलेका १–१, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयलले जनाएको छ ।

प्रदेश १ माआज २७९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा१४३ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर