खबर पूर्वाञ्चल
संक्रमणमुक्त हुनेमा १४४ महिला र १२४ पुरुष रहेका छन् । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा १४, दमकमा ६, कनकाईमा ५, अर्जुनधारामा ४, मेचीनगर र शिवसताक्षीमा ३–३, भद्रपुर र कमल गाउँपालिकामा २–२ र झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा १८, उर्लाबारीमा ४, कानेपोखरी, सुन्दरहरैचा, कटहरी र सुनबर्षीमा १–१ जना संक्रमण पुष्टि भएको छ ।
उता सुनसरीको धरानमा ५, इनरुवामा ४, इटहरीमा ३, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, इलामको चुलाचुली र मांसेबुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।