पूर्वाञ्चल खबर
स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियान अन्तर्गत तयार पारिएको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र २०७८ बुधबार राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरिएको हो ।
राष्ट्रपतिको कार्यालय शितल निवासमा पुगेर प्रतिनिधि मण्डलले राष्ट्रपतिलाई लोगो हस्तान्तरण गरेको थियो । त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा अभियानमा अफ्नो पूर्ण समर्थन हुने बताइन् ।
उनले अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा संचालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटेर अभियानमा समावेश गर्न सुझाव दिइन् ।
स्वदेशी वस्तुहरुको उपभोग बढाउदै देशलाई आत्मानिर्भर बनाउने उदेश्यले संचालन गरिएको अभियान बारे जानकारी दिन र तयार पारिएको लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयूक्त प्रतिनिधि मण्डलले हस्तान्तरण गरेको हो ।