विर्तामोड, फागुन ८ झापाको विर्तामोडमा क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ ।
मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा सो परिक्ष पहिलो पटक भएको हो । बिर्तामोडमा रहेको रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो । लामो समय पछि प्रतिक्षा पूर्व मा पहिलो पटक परिक्ष सम्पन्न भएको हो । पुर्वका विद्यार्थीले यस अघि सो परिक्षा भारतको सिलिगुडी तथा काठमान्डौमा गएर दिनु पर्ने बाध्यता थियो । ८३ विद्यार्थीहरु परिक्षमा सामेल भएका थिए । यसै बीच आइ डी पी एजुकेशन नेपाल प्रालिले बिर्तामोड सेन्टरको उद्घाटन गरेको छ ।
आइ डी पी नेपालका आइ ई एल टि एस अपरेसन म्यानेजर कबिर खड्गी साथै पुर्वाञ्चल क्षेत्रका शैक्षिक परामर्श ब्यबसायीहरुको उपस्थितिमा सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा पुर्वाञ्चल इक्यान संयोजक दिवाकरलाल चौधरीले “पुर्वाञ्चलका ब्यबसायीहरुले आइ ई एल टि एस मा भोगेका समस्यालाइ ध्यानमा राख्दै सामुहिक प्रयासबाट बिर्तामोडमै आइ ई एल टि एस को परीक्षा गराउन सफल भएको र यसको निरन्तरताको लागि सबैबाट निरन्तर सहयोग आबस्यक रहेको“ बताए ।