खबर पूर्वाञ्चल
विराटनगर १६ देखि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले १ लाख २० हजार मुल्य बराबर कपडा र खाद्यान्य सामाग्री आज बरामद गरेको हो ।
यसैगरि भारतदेखि तस्करी गरि भण्डारण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले गोदाम सञ्चालक विराटनगर–९ का ३२ वर्षीय नवीन जैनलाई तस्करीको कपडा भण्डारण गरिएको अवस्थामा बिहीबार पक्राउ गरेको हो ।
जैनले विराटनगरमा गोदाम सञ्चालन गरेर अवैध सामानको भण्डारण गर्ने गरिएको खुलेको प्रहरीले जनाएको छ । अवैध रूपमा सञ्चालन गरिएका गोदाममा भारतबाट तस्करी गरेर ल्याइएका दैनिक उपभोग्य सामग्रीदेखि किराना सामानसम्म भण्डारण गरेर राख्ने गरिएको पाइएको हो ।
भन्सार छली गरेर ल्याइएका सामान राखेको सूचनाका आधारमा मोरङ प्रहरीको विशेष टोलीले विराटनगर महानगरपालिका–९ स्थित एउटा गोदाममा छापा हानेको थियो ।
गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामान बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । भारतको जोगबनीबाट सीमा क्षेत्र हुँदै भन्सार छली गरेर चोर बाटोबाट भित्राइने सामान अवैध हिसाबले गोदाममा भण्डारण गर्ने र उपभोक्तासम्म पु¥याएर बिक्री गर्ने धन्दामा जैनको संलग्नता पुष्टि भएको श्रेष्ठले बताए ।
उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिस्री, १४ वटा काटुनमा रहेको एक सय ४० किलो काजु, तीन सय ७५ किलो पापड र ३० वटा बोरामा रहेको २४ किलो पानीपुरी बरामद गरिएको छ । दुई लाख ६२ हजार ८० रूपैयाँ बराबरको मिस्री, एक लाख ८२ हजारको काजु, ९३ हजार ६ सयको पानीपुरी र २८ हजार एक सय १५ रूपैयाँ बराबरको पापड बरामद भएको प्रहरीले जनाएको छ ।