पूर्वाञ्चल खबर
आज विहान उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाउन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अवस्थामा फेला परे पश्चात प्रहरी जानकारी गराएका हुन् ।
घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।