AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा निषेधाज्ञाको अवधि २ घण्टा घट्यो, अव ८ बजेसम्म बजार खुल्ला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०७८, बिहीबार १६:५१
2.58k
Shares
विराटनगर / कोरोना सङ्क्रमणको दोस्रो लहर कायमै रहेको भन्दै मोरङमा खुकुलो प्रावधानसहित भदौ २० गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबारराति १२ बजेदेखि लागू हुनेगरी भदौ २० गते राति १२ बजेसम्मका लागि केही खुकुलो प्रावधानसहित निषेधाज्ञा थपेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मोरङका उत्तरी पालिकाहरूमा कोरोना सङ्क्रमितको संख्या बढिरहेको र दक्षिणतर्फका पालिकाहरूमा न्यून हुँदै गएको जानकारी दिँदै कोरोना पूर्ण रूपमा नियन्त्रण भइनसकेका कारण निषेधाज्ञा कायमै राखेको जनाएका छन् ।

सो अवधिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, खानेपानी, माछा, मासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसल, कपडा पसल, सुन चाँदी पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, इँटा, डण्डी, विद्युतीय सामाग्री बिक्री गर्ने पसललगायत सबै प्रकारका पसल, व्यवसायहरू बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघिको निषेधाज्ञामा साँझ ६ बजेसम्म मात्र पसल खोल्ने प्रावधान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर