पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा मोरङ रंगेली–९ सखुवाथान घर भई झापा गौरादह–१ सितल चौक बस्दै आएका ३९ बर्षीय सजिलाल रिख्यासन रहेको प्रहरीले जनाएको छ । सजिलाल असार ३१ गते आफ्नै आफ्नै ३४ बर्षीया श्रीमती संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर फरार रहेका थिए । फरार रहेका सजिलाललाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका सजिलाल उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।