AArya
RUMPUM
animated ellipse animated ellipse

कानेपोखरीमा तेक्वाण्डोको ग्रेडिङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०७८, शनिबार १८:१८
666
Shares
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलोमा तेक्वाण्डोको जुनियर बेलटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।

कानेपोखरी आइटिएफ तेक्वाण्डोको आयोजनामा स्थानिय जनसेवा मावि परिसरभित्र आज एक कार्यक्रम आयोजना गरि तेक्वाण्डोका खेलाडीहरूलाई ग्रेडिङ दिएको हो ।

तेक्वाण्डोका प्रशिक्षकद्धारा शारिरक तथा मौखिक परीक्षामा सामेल भएपछि खेलाडीहरूलाई ग्रेडिङ दिने गरिन्छ । ग्रेडिङको प्रशिक्षकमा नबिन तामाङ, चर्तुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए ।

ग्रेडिङमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटीएफका अध्यक्ष युवराज भुजेलले जानकारी दिए । ग्रेडिङ कार्यक्रममा खेलाडीहरूको उत्साह जनक सहभागि रहेकोले तेक्वाण्डोका नयाँ खेलाडी उत्पादन गर्ने र यस खेलप्रति अभिरूचि बढाउने उद्देश्यले कानेपोखरीमा प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको तयारी पनि सुरू गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै दक्षिण एसियाली आइटिएफ तेक्वाण्डो फेडेरेसन बोर्ड सदस्य तथा आइटिएफ प्रदेश १ का अध्यक्ष प्रविण कार्कीले खेलकुदा क्षेत्रमा राज्यले प्राथामिकता दिनुपर्नेमा जोड दिए । ग्रामिण क्षेत्रको मोफसलमा हुने यस्ता कार्यक्रमहरूले खेलाडीहरूको मनोबल उच्च हुने र खेलप्रतिको अभिरूची बढेर जानेृ बताए । राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्न सके मात्र यस क्षेत्रको विकास हुने र खेलाडीहरू व्यवसायिक बनेर अगाडी बढने कार्कीले बताए । ‘राज्यले खेलकुद क्षेत्रमा लगानी गर्न नसक्दा धेरै खेलाडीहरू वैदेशिक रोजगारमा पलायन भएका छन्,’ उनले भने, ‘स्वदेशमा खेलाडीहरूलाई व्यवसायिक बनाउन राज्यले ध्यान दिनुपर्नेछ । राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकता दिन सक्यो भने मात्र नेपाली खेलाडी व्यसायिकतर्फ उन्मुख हुनेछन् ।’

कार्यक्रममा कानेपोखरी गाउँपालिका वडाअध्यक्ष तथा प्रवक्ता सुशिल बुढाथोकीले खेलकुद क्षेत्रमा स्थानिय तहले प्रथामिकतामा राखेर काम गर्दै आएको बताए ।

कार्यक्रममा सहभागि भएका खेलाडीहरूलाई प्रोत्सानको लागि लायन्स क्बल अफ कानेपोखरीका अध्यक्ष उमेश पौडेलले पुरस्कारको घोषणा पनि गरे । ग्रेडिङमा सहभागि भएका खेलाडीहरूले आ– आफ््ना कला पनि प्रर्दशन गरे । उनीहरूले अनुसाशित, नियमित र उत्कृष्ट विधामा रहेर प्रर्दशन गरेको आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर