AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टिभीएसको एनटक १२५ को सुपरस्क्वाड स्कुटी सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७८, बुधबार १६:४८
1.73k
Shares
विराटनगर / टिभीएस मोटर कम्पनीले एनटक १२५ को सुपरस्क्वाड स्कुटी सार्वजनिक गरेको छ ।

कम्पनीले आज विराटनगरको सो रुम न्यू गौरव अटोमा एक कार्यक्रमको आयोजना गरि सुपरस्क्वाड स्कुटी नेपाली बजारमा सार्वजनिक गरेको हो । सुपरस्क्वाडको डेमोक्रेटिक लयर्स एसोसियसन मोरङका अध्यक्ष रुपेश कोइरालाले सार्वजजिक गरेका छन् । न्यू गौरव अटोका अनुसार टिभीएस एनटक १२५ को सुपरस्क्वाड नेपाली बजारमा बिक्रीको लागि उपलब्ध छ ।

टिभीएस एनटक १२५ को सुपरस्क्वाड स्कुटीको सुरुवाती बजार मुल्य २ लाख ६६ हजार नौ सय ताएिको छ । सुपरस्क्वाडको १ लिटरमा ४५ देखि ५० किलोमिटर माइलेज दिने न्यू गौरव अटोका मार्केटिङ मेनेजर निसान कटुवालले जानकारी गराए । अरु स्कुटी भन्दा डिक्की ठुलो र छरितो भएको कटुवालले बताए । कटुवालका अनुसार यो स्कुटीको लोगो र आइकनिक अभेन्जरको ए स्पष्ट रुपमा प्रन्ट प्यानलको लेग शिल्ड र स्पीडोमिटर मुनी राखिएको जनाए ।

आइकोनिक मार्वल सुपरहिरोद्वारा प्रेरित नेपालको पहिलो ब्ल्टुथ कनेक्ट स्कुटी रहेको न्यू गौरव अटोका संञ्चालक किशनसिंह राजपुतले दाव गरे ।

सो स्कुटीमा पूविधिमैत्री भएकोले फोन उठाउँन, गर्न मिल्ने, एलइडी लाइट, जिपीआर्रस कनेक्ट गर्न मिल्ने, फुल्ली डिजिटल र डीसब्रेक भएको जनाएको छ ।

टिभीएसले सुपरस्क्वाडबाहेक अपाचे आरटिएफ १६०–३२०, जुपिटर क्लासिक, विगो स्टाइकर र र्याडमलगायतका मोटर साइकल र स्कुटी बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर