पूर्वाञ्चल खबर
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दाको अर्काे पेशी असार २८ गतेका लागि तोकिएको जानकारी इजलासमा जानकारी दिए। जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाई गरेका छन् ।