पूर्वाञ्चल खबर
फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियरा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता रहेका थिए । उनीहरु मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता शनिबार पक्राउ परेका हुन् ।
आज पक्राउ परेका संखुवासभा, उदयपुर र झापा घर भएका तीन जनालाई अहिले मोरङ प्रहरी कार्यलयमा राखिएको छ । बाल गृहदेखि फरार भएका चारै जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । फरार भएका दुई जना बालक घाईते रहेको प्रहरीले जनाएको छ ।
सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको बताएको छ । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्ता एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।