AArya
RUMPUM
animated ellipse animated ellipse

कानेपोखरीमा आइटिएफ तेक्वाण्डो गठन, अध्यक्षमा भुलेज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०७८, शनिबार १६:१७
702
Shares
कानेपोखरीमा आइटिएफ तेक्वाण्डो गठन, अध्यक्षमा भुलेज
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएफ तेक्वाण्डो गठन भएको छ । कोनपोखरी ६ रमाइलोमा एक कार्यक्रम आयोजना गरि शनिबार तेक्वाण्डो गठन गरेको हो । आइटिएफ

तेक्वाण्डो कानेपोखरीको अध्यक्षमा युवराज भुजेल रहेका छन् । समितिको उपाध्यक्षमा राजकुमारी तामाङ्ग, सचिव चुडामणी गुरागाई र कोषाध्यक्षमा रोशन तिम्सिना छन् ।

समितिको अन्य सदस्यहरूमा सुरज तामाङ्ग, मुकेश गौतम, मौसम राजवंशी, दिपक शर्मा फुयल, भरत थापा र इन्दिरा थापा रहेका छन् ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख अतिथिमा भएको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रलाई स्थानिय तहले प्रथामिकतामा राखेर काम गर्दै आएको बताए । खेलक्षेत्रले राज्यलाई चिनाउने भएकोले खेलकुद क्षेत्रको विकासमा सबै लागनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा आइटीएफ तेक्वाण्डोका प्रदेश १ का अध्यक्ष प्रविण कार्कीले तीन तहको सरकारले खेलकुद क्षेत्रलाई पहिलो प्रथामिकता राखेर काम गरे मात्र यस क्षेत्रको विकास हुने बताए । खेलाडीहरूलाई व्यवसायिक र यस क्षेत्रको विकासमा अगाडी बढाउन राज्यले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा आइटीएफ तेक्वाण्डो कानेपोखरीका नवनिर्वाचित अध्यक्ष भुजेलले तेक्वाण्डो खेलको विकासमा लागि पर्ने बताए । उनले चाँडै कानेपोखरी गाउँपालिका भित्र तेक्वाण्डो खेल पनि आयोजना गरिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर